शिक्षा र स्वास्थ्यमा ध्यान दिए सरकार सफल हुनसक्छ : मोहन बस्नेत

हिमाल प्रेस १५ फागुन २०८० १५:११
250
SHARES
शिक्षा र स्वास्थ्यमा ध्यान दिए सरकार सफल हुनसक्छ : मोहन बस्नेत

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिन सके मात्र सरकार सफल हुनसक्ने बताएका छन्।

मन्त्रालयमा स्वास्थ्य सेवा दिवस, २०८० को अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधानमा उल्लेख भएरअनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको सुनिश्चित हुनुपर्ने बताए।

मन्त्री बस्नेतले गरिब तथा विपन्न वर्गले पैसाको अभावमा उपचार गर्नबाट वञ्चित हुन नपर्ने बताए। उनले भने,‘गरिब विपन्नको खल्तीमा पैसा नहुँदा पनि उपचार गर्न पाउनुपर्छ । पैसा तिर्न नसकेर कोही बिरामीलाई आत्महत्या गर्न नपरोस्।’

स्वास्थ्यमन्त्री बस्नेतले मन्त्रालयमा कार्यरत कर्मचारी संमायोजनका लागि आठ सय कर्मचारीको काज फिर्ता गरेर स्थानीय तहमा पठाइएको बताए। उनले वीर अस्पतालमा भिआइपी व्यक्तिको उपचार सेवा सञ्चालन गरेपछि पछिल्लो समय उच्च पदमा रहेका व्यक्ति विदेशमा औषधी गर्न नगएको बताए।

स्वास्थ्य क्षेत्रमा  २०५४ सालदेखि नयाँ दरबन्दीमा जनशक्ति भर्ना नगरेको र आफूले अब तीस हजार नयाँ जनशक्ति थप्नका लागि छलफल गरिरहेको मन्त्री बस्नेतले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + sixteen =