मानसिक रोगप्रति सरकारले वास्ता गरेन : सुनिता बराल

हिमाल प्रेस १३ फागुन २०८० १२:५७
18
SHARES
मानसिक रोगप्रति सरकारले वास्ता गरेन : सुनिता बराल

काठमाडौँ- नेकपा एमालेकी सांसद सुनिता बरालले मानसिक रोगप्रति सरकारले वेवास्ता गरेको बताएकी छन्। उनले यसबारे रणनीतिक योजना बनाएर काम गर्नुपर्ने बताएकी छन्।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालीमा मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

‘केही दिनअघि ललितपुरमा एक महिलाले आफ्ना दुई बच्चाको हत्या गरी आत्महत्या गरिन्। त्यस्तै काठमाडौंमा तीन जनाको हत्या गरी एक पुरुषले आत्महत्या गरे। आत्महत्याको दर अत्यासलाग्दो तरिकाले बढिरहेको छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक छ,’ सांसद बरालले भनिन् ।

उनले आत्महत्याको समस्या पछिल्लो समय झनै बढेको भन्दै मानसिक समस्याका कारण समाजमा अपराध र अपराधिक घटना बढिरहेको बताइन् । यस्ता घटनाक्रम हुँदा पनि सरकारले मानसिक स्वास्थ्यमा चासो नदिएको उनको आरोप थियो ।

प्रकाशित: १३ फागुन २०८० १२:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =