आईपीएल : पन्जावसँग घरेलु मैदानमै हार्‍यो चेन्नई

हिमाल प्रेस २० वैशाख २०८१ ६:४४
6
SHARES
आईपीएल : पन्जावसँग घरेलु मैदानमै हार्‍यो चेन्नई

काठमाडौँ- इन्डियन प्रियिमर लिग (आईपीएल)मा पन्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई उसैको घरेलु मैदानमा हराएको छ। बुधबार राति चेन्नई ७ विकेटले स्तब्ध बन्यो।

जितका लागि १६३ रनको लक्ष्य पाएको पन्जावले १३ बल बाँकी छँदै ३ विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो। जोनी बेयर्स्टो र राइली रुसोले विस्फोटक ब्याटिङ गर्दै टोलीका लागि जितको आधार तय गरे।

बेयर्स्टोले ३० बलमा सर्वाधिक ४६ रन बनाए। उनले यस क्रममा ७ चौका र १ छक्का हिर्काए। त्यस्तै, रुसोले २३ बलमा ४३ रन बनाउने क्रममा ५ चौका र २ छक्का प्रहार गरे। शशांक सिंह र कप्तान साम करनले नटआउट रहँदै क्रमशः २५ र २६ रन बनाएर टोलीलाई जितसम्म डोर्‍याए।

यसअघि, पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो। चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ४८ बलमा ६२ रन बनाए। उनले ५ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै, समीर रिज्वीले २१, मोइन अलीले १५ तथा महेन्द्रसिंह धोनीले १४ रनको योगदान दिए। पञ्जाबका लागि हरप्रित ब्रार र राहुल चहरले शानदार बलिङ गर्दै २–२ विकेट लिए। ब्रारले ४ ओभरमा मात्र १७ रन खर्चिए भने चहरले पनि १६ रनमात्र दिए।

लिगमा चेन्नईमाथि पन्जावको यो लगातार पाँचौँ जित हो। टोलीले चालू सिजनमा पहिलो पटक लगातार दोस्रो खेल जितेको हो। यो जितसँगै पन्जाव प्लेअफमा पुग्ने आशा कायम राखेको छ। १० खेलपछि १० अंक बटुल्दै चेन्नई अंक तालिकामा चौथो स्थानमा रहेको छ।

पन्जाव समान खेलबाट ८ अंकसहित सातौँ स्थानमा छ।

प्रकाशित: २० वैशाख २०८१ ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =