सिटिजन लाइफ इन्स्योरेन्सको कम्पनीले एमडीआरटी कार्यक्रम सम्पन्न

हिमाल प्रेस १० फागुन २०८० २१:२२
सिटिजन लाइफ इन्स्योरेन्सको कम्पनीले एमडीआरटी कार्यक्रम सम्पन्न

काठमाडौँ- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा दुईदिने ‘एम.डी.आर.टी. २०२४ (मिलियन डलर राउन्ड टेबल) कार्यक्रम सम्पन्न गरेको छ।

सिटिजनका लिडरहरूको क्षमता विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रमको मुख्य कार्यसूचीमा समय व्यवस्थापन, जीवन व्यवस्थापन, मानसिक जागरूकता तथा खानपिन सुधार थियो। कार्यक्रममा ७० भन्दा बढी सिटिजन लिडहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ।

कार्यक्रमका मुख्य वक्ता डा. योगी विकासानन्द थिए, उनी मनोक्रान्ति संस्थाका संस्थापकसमेत हुन्।

कार्यक्रममा सफल सिटिजन लिडरहरू १९ जना एम.डी.आर.टी. क्वालिफायर र एक जना सी.ओ.टी. (कोर्ट अफ द टेबल) क्वालिफायरलाई सम्मान गरिएको थियो।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नवीनताको आधारमा सिटिजन लाइफ अघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरहरुको मुख्य भूमिका रहेको बताए।

प्रकाशित: १० फागुन २०८० २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =