सिटिजन लाइफद्वारा एक करोड मृत्युदाबी भुक्तानी

हिमाल प्रेस २२ पुष २०७९ १३:४५
6
SHARES
सिटिजन लाइफद्वारा एक करोड मृत्युदाबी भुक्तानी

काठमाडौँ-  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले बिमितका परिवारलाई १ करोड रुपैयाँ मृत्युदाबी भुक्तानी गरेको छ।
बिहीबार बेनीमा आयोजित बिमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई १ करोड ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो। सिटिजन शुभारम्भ बिमा योजनाअन्तर्गत २०७८ असार ३१ गते जीवन बिमा गरेका बरुवालको मंसिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचको क्रममा ढिस्कोले पुरिएर मुत्यु भएको थियो।

५० लाख रुपैयाँको बिमालेख पोलिसी खरिद गरेका बरुवालको घरपरिवारलाई बिमाङ्क रकम ५० लाख, दुर्घटना मृत्यु लाभबापत्‌को रकम ५० लाख र किरिया खर्चबापत्‌को ५० हजार गरी एकमुष्ठ १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले जानकारी दिइन्।

उनका अनुसार, २० वर्षको पोलिसी खरिद गरेका बरुवालले प्रत्येक वर्ष २ लाख ६५ हजार ३५७ प्रिमियम तिर्ने गरी बिमा गरेका थिए। उनले एक वर्षको रकम भुक्तानी गरेका थिए। त्यस्तै कम्पनीले म्याग्दीमा बिमा सचेतनासम्बन्धी विभिन्न कार्यक्रम गरेको छ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा कार्यक्रम गरिएको थियो। कम्पनीले तीन सय जनाको सहभागितामा बिमा सचेतनासम्बन्धी बृहत र्‍याली पनि आयोजना गर्‍यो। कार्यक्रममा महजोडीले जीवन बिमा भविष्यको बचत र आपत्‌को सहयोगी भएकाले यसको पहुँच हरेक नागरिकसम्म पुर्‍याउन जरुरी रहेको बताए।

प्रकाशित: २२ पुष २०७९ १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =