वैदेशिक रोजगारीमा लक्षित सिटिजन लाइफ इन्स्योरेन्सको सेयर बाँडफाँट

हिमाल प्रेस २२ साउन २०८० १८:४०
2
SHARE
वैदेशिक रोजगारीमा लक्षित सिटिजन लाइफ इन्स्योरेन्सको सेयर बाँडफाँट

काठमाडौँ- वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै सार्वजनिक गरिएको सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सेयर बाँडफाँट गरिएको छ। कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले कम्पनीको ११ लाख २५ हजार कित्ता सेयर बाँडफाँट गरेको हो।

सिटिजन लाइफ इन्स्योरेन्सको जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। त्यसको ३० प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्तामध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै सार्वजनिक गरिएको थियो।

कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ दरमा प्रिमियमबापत १४४ जोडेर प्रतिसेयर २४४ रुपैयाँ दरमा सेयर जारी गरेको थियो।

प्रकाशित: २२ साउन २०८० १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =