श्रम गरेर बाँच्नेहरू [तस्बिरहरू]

हिमाल प्रेस ११ फागुन २०८० ८:१७
10
SHARES
श्रम गरेर बाँच्नेहरू [तस्बिरहरू]

काठमाडौँ- नेपालका अधिकांश क्षेत्रमा खेती किसानी हुन्छ। मौसमअनुसार उच्च पहाड, पहाड, तराई जहाँसुकै पनि नेपालीको प्रमुख आम्दानीको स्रोत कृषि कर्म हो।

नेपालमा ४१ लाख ३० हजार सात सय ८९ किसान परिवारले २२ लाख १८ हजार चार सय १० हेक्टर जग्गामा कृषिकार्य गर्दै आएका छन्। देशको जम्ममा घरपरिवारमध्ये ६२ प्रतिशत किसान परिवार रहेको २०७८ को कृषि गणनामा उल्लेख छ।

जनगणना २०७८ अनुसार मुलुकमा घरपरिवारको संख्या ६६ लाख ६६ हजार छ। नेपालमा ७०.०४ प्रतिशत किसान परिवारको आम्दानीको मुख्य स्रोत कृषि कार्य हो। कृषिगणनाअनुसार ४५ प्रतिशत कृषक परिवारलाई आफ्नो कृषिकार्यबाट भएको आम्दानीले वर्षभरि खान पुग्छ।

सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–३, भेल्हीमा गाईभैँसीको गोबरबाट बनाइएको गुइँठालाई घाममा सुकाउँदै महिला।
दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित डेराको घरमा घरेलु तानमा भेडाको ऊनको काम्लो बुन्दै ६५ वर्षीया जयमाया बुढा।
प्युठानको प्युठान नगरपालिका-२ क्वाडीका कालिगड लिलाबहादुर टमटा तामाका भाँडा बनाउँदै।
दाङको घोराही उपमहानगरपालिका–१९ स्थित सैघाबाट डोका बिक्री गर्न घोराही बजार हिँडेका शेरसिंह दमाईँ।
तनहुँको व्यास नगरपालिका- ५ स्थित मादी नदीमा माछा मार्दै स्थानीय ।
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोकमा रहेको काठ मिलमा काठ कुदेर बुट्टा बनाउँदै मिस्त्री
कञ्चनपुरको झलारी बजार भएर बलगाडामा उखुका सुकेका पात बोकेर लैजाँदै गरेका किसान।
कञ्चनपुरको बेदकोट नगरपालिका–३ का महिला सामुदायिक वनबाट दाउराको भारी लिएर घरतर्फ फर्किंदै।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका महिला गाईबस्तुलाई खुवाउन खेतबारीबाट घाँस काटेर ल्याउँदै।

सबै तस्बिर रासस

प्रकाशित: ११ फागुन २०८० ८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =