मनाङमा पर्‍याे हिउँ

हिमाल प्रेस १० फागुन २०८० १५:००
12
SHARES
मनाङमा पर्‍याे हिउँ फाइल तस्बिर

मनाङ- हिमाली जिल्ला मनाङमा बुधबार साँझदेखि हल्का हिमपात सुरु भएको छ। समय घर्किसकेपछि परेको हिमपातले यहाँका घर, डाँडाकाँडा सेताम्मे भएका छन्।

समयमा हिउँ परेको भए हिउँदमा पनि पर्यटक हिउँ खेल्न आउने गर्दथे। तर यस वर्ष समयमा हिउँ नपर्दा पर्यटक भने आउन सकेनन्। हिमपात भारी भएपछि पर्यटक हिउँ खेल्न आउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताए।

उनले भने,‘कम मात्रामा हिउँ परिरहेकै हो। चिसो अत्यधिक नै थियो। तर हिजो साँझदेखि रातभर भने भारी हिउँ पर्‍यो। जसले किसानलाई खुसी बनाएको छ। यसले पर्यटकलाई आकर्षण पनि गर्नेछ।’

जाडो छल्न बाहिर गएका मनाङी जिल्ला फर्किरहेको उनले बताए। अब खेती गर्ने याम पनि सुरु हुने भएकाले हिमपात भएपछि किसान हर्षित भएको प्रजिअ लामिछानेले बताए।

हिउँले नै यहाँको कृषि क्षेत्र सिञ्चित हुने भएकाले पनि यहाँका किसानमा खुसी छाएको छ। समयमा कम मात्रामा परेको हिउँले बेमौसममा परेको हिउँलाई पछिसम्म सिञ्चित गर्नेछ।

बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत् मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन्।

प्रकाशित: १० फागुन २०८० १५:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + one =