भीमथाङबाट पाँच विदेशी पर्यटकको उद्धार

हिमाल प्रेस १० वैशाख २०८१ १७:५८
84
SHARES
भीमथाङबाट पाँच विदेशी पर्यटकको उद्धार भीमथाङ

मनाङ – विकट जिल्ला मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरूको उद्धार गरिएको छ। आज मनास्लु पदमार्गअन्तर्गत नासों गाउँपालिका–७ भीमथाङबाट उनीहरूको उद्धार गरिएको हो।

लार्केपास गइरहेका पाँच पर्यटकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए। उनका अनुसार भीमथाङबाट हेलिकप्टरमार्फत पर्यटकको उद्धार गरिएको हो। चामेमा ल्याएर सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ।

साउथ अफ्रिकाका दुई, न्युजिल्यान्डका दुई र एकजना पथप्रदर्शकको उद्धार गरिएको प्रजिअ लामिछानेले बताए। लेक लागेर पर्यटक बिरामी भएपछि हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि लगिएको उनले बताए।

उनले भने, ‘तापक्रम नमिल्दा बिरामी पर्नसक्ने भएकाले पर्यटक सचेत भएर आउन मेरो आग्रह छ। यहाँको यात्रामा सवारीसाधनको उपलब्धताको अभाव रहेकाले सचेतता अपनाउनुपर्छ।’ रासस

प्रकाशित: १० वैशाख २०८१ १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =