हिमाली सौन्दर्य [तस्बिरहरू]

हिमाल प्रेस ९ चैत २०८० ९:१५
18
SHARES
हिमाली सौन्दर्य [तस्बिरहरू] सगरमाथा क्षेत्रको हिमालको काखमा रहेको याक। सगरमाथा क्षेत्रमा सामग्री ढुवानीका लागि याक भरपर्दो मानिन्छ।

काठमाडौँ- नेपाल प्रकृतिले भरिपूर्ण देश हो। यहाँ हिमाल, नदीनाला, सुन्दर पहाडपर्वत छन्। नेपालमै विश्वकै सर्वोच्च शिखर सगरमाथा छ। अन्नपूर्ण, बौद्ध, हिमचुली, गणेश, माछापुच्छ्रे आदि हिमाल हेर्न बर्सेनि लाखौँ पर्यटक नेपाल आउँछन्।

अध्ययन अनुसन्धानअनुसार संसारमा १० मध्ये एकजना मानिस हिमाली क्षेत्रमा बसोबास गर्दछन्। नेपालमा उल्लेख्य संख्यामा हिमाली क्षेत्रमा बसाेबास गर्ने मानिस छन्। संसारका धेरैजसो ठूला नदीहरूको मुहान हिमाली क्षेत्रमा भेटिन्छन्। संसारको आधा जसो जनसङ्ख्याको मुख्य पानीको स्रोतको लागि हिमाली क्षेत्रमा निर्भर छन्। हिमाली जीवन र सौन्दर्यका केही तस्बिरहरू हेरौं।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा नजिकको मानव बस्ती गोरक्सेप क्षेत्र। पाँच हजार एक सय ६४ मिटरको उचाइमा रहेको गोरक्सेप सगरमाथा आधार शिविर नजिकै र कालापत्थरको काखमा रहेको छ।
छ हजार ८१२ मिटरको उचाइमा रहेको आमादब्लम हिमालको काखमा बौद्ध स्तूप। सगरमाथा क्षेत्रको हिमालको काखमा वर्षौं पहिला निर्माण गरिएको यस बौद्ध स्तूप पर्यटकको रोजाइमा पर्ने गरेको छ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा राष्ट्रिय झण्डाका साथमा मधेसी आयोगका सदस्य रेणुदेवी शाह। जलवायु परिवर्तनको असर न्यूनीकरणको अभियान लिएर उनी सगरमाथा क्षेत्र पुगेकी हुन्।

 

चक्रिय अन्नपूर्ण पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल पुनहिलबाट हिमश्रृङ्खला अवलोकन गर्दै पर्यटक।
मनाङ चामे गाउँपालिका–१ तिमाङ गाउँमाथिको हिउँले सेताम्मे डाँफे लेक। जुन वैकल्पिक पदमार्गको रुपमा गण्डकी प्रदेश सरकारले नयाँ सञ्चालनमा ल्याउने योजना तयार गरेको छ। यस मार्ग कास्कीको सिकलेस हुँदै लमजुङको भुजुङ घनपोखरादेखि मनाङको तिमाङ निस्कन सकिन्छ।
सगरमाथा क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ स्थित दिङ्बुचे भ्याली। समुन्द्री सतहबाट ४ हजार ४१० मिटरको उचाइमा रहेको बस्ती हुँदै पर्यटक सगरमाथा आधार शिविर पुग्ने गर्छन्।
सगरमाथा आधार शिविर (बेस क्यम्प)तर्फ अघि बढ्दै खुम्बु भ्रमणकर्ता।

सबै तस्बिर रासस

प्रकाशित: ९ चैत २०८० ९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =