एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलको निष्कर्ष पेस गरिँदै

हिमाल प्रेस १० फागुन २०८० ९:०७
2
SHARE
एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलको निष्कर्ष पेस गरिँदै

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने छ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा मंगलबारदेखि जारी सातौँ बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजना माथि आज टोली प्रमुखले आआफ्नो समूहमा भएको छलफलको निष्कर्ष सुनाउने छन्।

बैठकमा प्रस्तुत अवधारणा माथि छलफल गरी निचोडमा पुर्‍याउनका लागि एमालेले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरी सामूहिक छलफल गरिरहेको छ।

बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त र जन आधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको संगठनात्मक विषयमा महासचिव शंकर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले हिजो कार्ययोजना प्रस्तुत गरेका थिए।

जसमा ९ समुहमा छलफल गरिएको हो।

सोही समूहले आज प्रतिवेदनको निचोड सुनाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि बैठक आज सकिने एमालेले जनाएको छ ।

प्रकाशित: १० फागुन २०८० ९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =