अपराजित लेभरकुसन

हिमाल प्रेस ६ जेठ २०८१ ८:१२
2
SHARE
अपराजित लेभरकुसन

काठमाडौँ- बायर लेभरकुसनले अपराजित रहँदै जर्मन बुन्डेसलिगा जित्ने कीर्तिमान बनाएको छ। शनिबार राति भएको खेलमा औगस्बर्गलाई २–१ ले हराउँदै लेभरकुसनले नयाँ कीर्तिमान बनाएको हो।

यसअघि बायर्न म्युनिखले सिजनमा एक खेलमात्रै हार्दै उपाधि जितेको थियो । ३४ मध्ये २८ खेल जित र ६ हार बेहोरेको जाभी ओलोन्सोको लेभरकुसनको ९० अंक रह्यो। स्टटगार्ड ७३ अंकसहित दोस्रो स्थानमा रह्यो । म्युनिख ७२ अंकसहित तेस्रो स्थानमा छ।

यस खेलसँगै लेभरकुसनले ५१ खेलको अपराजित यात्रा कायम राखेको छ। जर्मन बुन्डेसलिगा उपाधि जितिसकेको लेभरकुसनले डब्लिनमा हुने युरोपा लिग फाइनलमा एटलान्टाको सामना गर्नेछ। त्यसपछि जर्मन कप पनि खेल्नेछ।

प्रकाशित: ६ जेठ २०८१ ८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =