सरकारी छाप दुरुपयोग कसुरमा नेविसंघका नेतासहित तीनजना पक्राउ

हिमाल प्रेस ४ फागुन २०८० १६:३७
62
SHARES
सरकारी छाप दुरुपयोग कसुरमा नेविसंघका नेतासहित तीनजना पक्राउ

पोखरा– जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी छाप दुरुपयोग अभियोगमा नेवि संघका केन्द्रीय सदस्यसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा १९ पुरुन्चौर घर भई हाल नयाँबजार बस्ने २८ वर्षीय सतिश बास्तोलासहित पोखरा चिप्लेढुंगा बस्ने वर्ष २५ का सुजन गिरी र वर्ष २९ का विवेक श्रेष्ठ हुन्।

तीमध्ये बास्तोला पृथ्वीनारायण क्याम्पस, नेवि संघका पूर्वसभापति एवं नेविसंघ फोर्सका निवर्तमान सभापति हुन्। उनी हाल नेविसंघ केन्द्रीय सदस्य छन्।

वडा प्रहरी कार्यालय बैदाम र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो। कास्की प्रहरीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले उनीहरूले पोखरा नयाँबजारस्थित ब्लुहोम डेकोरबाट विभिन्न संघसंस्था, सरकारी र वडा कार्यालयका छाप तथा जरायोको सिङसमेत लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको बताए।

साथै छाप बनाउन प्रयोग गरिएको मेसिन, मनिटरसहितको कम्प्युटरसमेत बरामद गरिएको छ। उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा १० दिन म्याद लिएर थप अनुसन्धान अघि बढाइएको डीएसपी विकले बताए।

जंगली जनावरको सिङसमेत बरामद गरिएकाले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइने भएको छ।

प्रकाशित: ४ फागुन २०८० १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =