‘प्रचण्ड’ले प्रस्तुत गरेको माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

हिमाल प्रेस ३ फागुन २०८० २१:४१
12
SHARES
‘प्रचण्ड’ले प्रस्तुत गरेको माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विधान परिमार्जनसहित पारित भएको छ। प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको हो।

अधिवेशनमा अध्यक्ष दाहालले विधानलाई समृद्ध बनाउन महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गरे। विधान अधिवेशनलगत्तै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी उनले दिए। उनले प्राप्त सुझावबाट पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताए।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामा २० समूहबाट सुझाव संकलन गरिएको थियो।

प्रकाशित: ३ फागुन २०८० २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =