लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज

हिमाल प्रेस २५ चैत २०८० ८:५५
2
SHARE
लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराको शपथ आज

काठमाडौँ- नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराले आज लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको शपथ लिने भएका छन्।

केन्द्रमा गठबन्धन फेरबदल भएसँगै एमालेको समर्थनमा महरा मुख्यमन्त्री बनेका हुन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

महरालाई ४८ सांसदले समर्थन गरेका छन् । त्यसमध्ये गठबन्धन दलका ४७ र एक स्वतन्त्र सांसद हुन्। मुख्यमन्त्रीमा शपथ लिएसँगै आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने उनको तयारी छ । आज दिउँसो पौने २ बजे उनको शपथ हुने जनाइएको छ।

लुम्बिनीमा गठबन्धनले मन्त्रालय भागवण्डा पनि लगभग टुंग्याइसकेको छ । जसअनुसार माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ३ मन्त्रालय पाउने भएको छ भने एमालेले ५, जसपाले २ मन्त्रालय पाउनेछन्। त्यस्तै एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदले पालैपालो एक मन्त्रालय पाउने भएका छन्।

अन्तिम समयमा सरकारलाई समर्थन गरेको नाउपालाई पनि मिलाएर लैजाने गठबन्धन दलहरूको तयारी छ।

प्रकाशित: २५ चैत २०८० ८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − two =