पोखराबाट ६ किलो सुन र ६३ लाख नगदसहित भारतीय नागरिक पक्राउ

हिमाल प्रेस १ फागुन २०८० २१:१७
66
SHARES
पोखराबाट ६ किलो सुन र ६३ लाख नगदसहित भारतीय नागरिक पक्राउ

पोखरा- पोखरामा एक जना भारतीय नागरिक ६ किलो सुन र करिब ६३ लाख नगदसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल मेदीनीपुर दासपुर-११ घर भई हाल पोखरा महानगरपालिका वडा-२, मोहरिया टोलमा बस्ने ४० वर्षीय सुरजित भौमिक हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई स्रोत नखुलेको उक्त परिणामको सुन, चाँदी तथा नगदसहित पक्राउ गरी मंगलबार राति पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन थापाका अनुसार सुरजितले मोहरियाटोलकै कवीन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिई उक्त घरमा अवैध सुन ल्याएर सुनका विभिन्न गरगहना बनाएर बेचबिखन तथा कारोबार गर्ने गरेको सूचना आधारमा मंगलबार बिहान करिब साढे ४ बजे नियन्त्रणमा लिइएको हो।

उनलाई उक्त घरका विभिन्न कोठामा लुकाइछिपाइ राखेको अवस्थामा स्रोत खुलाउन नसकेका सुनका गरगहना, काँचो सुन, चाँदी र नगद नियन्त्रणमा लिई राजस्व अनुसन्धान विभाग ललितपुर पठाउने तयारी भएको एसपी थापाले बताए ।

उनको साथबाट सुनका गरगहना ५ केजी २ सय ग्राम, काँचो सुन ९९९ ग्राम, एक ढिका (बिस्कुट), ५० ग्राम १ ढिक्कासमेत गरी कुल ६ केजी ६९ ग्राम सुन बरामद गरिएको हो। त्यस्तै ६ केजी चाँदी, नगद ६२ लाख ८१ हजार, विभिन्न बैंकका १३ थान चेक बरामद गरिएको छ।

प्रकाशित: १ फागुन २०८० २१:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =