सरकारले गरेको कामको प्रचार जनतासम्म पुर्‍याउन प्रधानमन्त्रीको निर्देशन

हिमाल प्रेस २२ माघ २०८० ११:५३
2
SHARE
सरकारले गरेको कामको प्रचार जनतासम्म पुर्‍याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेका कामलाई जनतासम्म पुर्‍याउन सांसदलाई निर्देशन दिएका छन्।

नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकमा उनले सरकारले गरेका राम्रा कामको पनि प्रचार नभएको गुनासो गरेका थिए।

संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।

आगामी आर्थिक वर्षमा परिणाम निस्किनेगरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले तीन करोडभन्दा साना योजनाहरू केन्द्रमा नराखी तल्लो तहमा पठाइने बताए। उनले गठबन्धनको साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित: २२ माघ २०८० ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =