धुम्म काठमाडौँ, मौसमविद् भन्छन् : तत्काल पानी पर्ने सम्भावना छैन [तस्बिरहरू]

दिपेश श्रेष्ठ २२ माघ २०८० ११:४८
10
SHARES
धुम्म काठमाडौँ, मौसमविद् भन्छन् : तत्काल पानी पर्ने सम्भावना छैन [तस्बिरहरू]

काठमाडौँ- काठमाडौँ उपत्यका सोमबार बिहानैदेखि बादल लागेर धुम्मिएको छ। मौसमविद्हरूका अनुसार चिसो पनि बढेको छ। बेलाबेलामा घाम लागे पनि चिसो बढेको मौसमविद् गंगा नगरकोटीले बताइन्।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा सोमबार ११ बजे अधिकतम तापक्रम १४ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। नगरकोटीले  मंगलबारदेखि काठमाडौँको मौसम सफा हुने बताइन्। उनले भनिन्, ‘आज मात्र यस्तो भएको हो। भोलिदेखि धुम्मिने सम्भावना छैन।’ उनले  काठमाडौँमा तत्काल वर्षा हुने सम्भावना नरहेको बताइन्।

मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा सोमबार कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने उल्लेख छ।

यस्तै देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

प्रकाशित: २२ माघ २०८० ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twenty =