काठमाडौँमा वर्षाको सम्भावना

हिमाल प्रेस ९ फागुन २०८० ७:२६
32
SHARES
काठमाडौँमा वर्षाको सम्भावना

काठमाडौँ- काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्न काठमाडौँ उपत्यकामा फाटफुट वर्षाको सम्भावना देखिएको हो।

काठमाडौँ उपत्यकामा मौसम अहिले बिहानैदेखि पूर्णतया बदली भएको छ।  घाम नलाग्ने भएका कारण आज काठमाडौँ उपत्यकामा दिउँसो केही चिसो हुने सम्भावना छ। जसका कारण आज उपत्यकाको अधिकतम तापक्रम केही कम हुने अनुमान गरिएको छ।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम कममा १९ तथा बढीमा २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको हो। मंगलबार उपत्यकाको अधिकतम तापक्रम २३.२ डिग्री सेल्सियस थियो।

आज उपत्यकाको न्यूनतम तापक्रम भने केही बढेको छ। बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस देखिएको हो। मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस थियो।

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रमका लागि अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ।

 

प्रकाशित: ९ फागुन २०८० ७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =