माओवादीको संसदीय दलको बैठक आज बस्दै

हिमाल प्रेस २२ माघ २०८० ७:३७
2
SHARE
माओवादीको संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज (सोमबार) बस्दैछ।

आइतबार (हिजो) बिहान ८ बजे बस्ने भनिएको बैठक सोमबार (आज) बिहानलाई सारिएको हो।

बैठक सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

उनका अनुसार सांसदहरु जिल्ला बाहिर भएको र आउनेक्रम जारी रहेकोले बैठक सारिएको हो।

प्रकाशित: २२ माघ २०८० ७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =