विधान सम्मेलनका लागि प्रतिनिधिबाटै १३ लाख उठाइँदै माओवादी

हिमाल प्रेस २१ माघ २०८० १३:५१
18
SHARES
विधान सम्मेलनका लागि प्रतिनिधिबाटै १३ लाख उठाइँदै माओवादी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिन शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रले आउँदो फागुन १ बाट १३ सय प्रतिनिधि भेला गरेर विधान अधिवेशन गर्दैछ। ‘जनयुद्ध’ दिवसको अवसरमा माओवादी केन्द्रले फागुन १ बाट ३ गतेसम्म अधिवेशन गर्न लागेको हो।

विधान अधिवेशनमा विशेषतः पार्टीको विधानमाथि छलफल हुनेछ। केही समयअघि मात्रै प्रस्तावित विधान उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा बनेको हो। जुन विधान अहिले वडातहमा सुझाव संकलनका लागि पठाइएको छ।

विधान सम्मेलनमा केन्द्रीय सदस्य, आयोग संयोजक सदस्य, प्रादेशिक पदाधिकारीको सहभागिता हुनेछ। पार्टी उपमहासचिव गिरिराजमणि पोखरेलका अनुसार आउँदो २६ गतेबाट स्थायी कमिटीको बैठक तोकिएको छ।

‘बैठकमा नै मस्यौदासम्बन्धी छलफल हुन्छ,’ पोखरेलले भने,‘तलबाट आएका सुझाव पनि हामी बैठकमा राख्छौ र स्थायी कमिटीले विधान सम्मेलनमा विधेयक प्रस्तुत गर्छ।’ हालसम्म माओवादीमा नेकपा कार्यकालकै विधान थियो।

जुन विधानले ‘सान्दर्भिक’ नभएकाले विधान सम्मेलन गर्न लागिएको हो। ‘हाम्रो विधान पुरानो नै थियो। समयसान्दर्भिक बनाउन छलफल गरिरहेका छौँ।’

माओवादी स्रोतका अनुसार अहिलेको विधान पनि विवादमा परेको छ। विधान मस्यौदा समितिका सदस्य जनार्दन शर्माले नै पूरक प्रस्ताव पेस गरेका छन्। अहिले माओवादी पदाधिकारीबाटै विधानको पुर्नलेखन गर्नुपर्ने माग पनि छ।

‘विधानलाई धेरै समय दिन सकिएन। २ हप्तामा सक्नुपर्ने थियो।’ उपमहासचिव एवं मस्यौदा समितिका सदस्य पोखरेलले भने,‘पर्याप्त छलफल हुन नपाएकै हो। तर अहिले पनि छलफल भइरहेकै छ।’

विधानमा मुख्यतः पदाधिकारी र केन्द्रीय कमिटी घटाउने प्रस्ताव छ।

हालको विधानमा केन्द्रीय समिति १५१ जना तोकिएको छ। हाल माओवादीको केन्द्रीय समिति तीन सयभन्दा बढीको छ। पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोको संख्या तोकिएको छैन।

पार्टी सचिव गणेश साहका अनुसार विधान सम्मेलनमा भाग लिनेबाट प्रति संख्या एक हजार रुपैयाँ उठाउने तयारी छ। ‘विधान सम्मेलनको हलको भाडा, अन्य लागतका लागि रकम उठाउन लागिएको हो।’ साहले भने।

प्रकाशित: २१ माघ २०८० १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fifteen =