नेपाल प्रहरीका पूर्वसई यादव बलात्कार आरोपमा पक्राउ

हिमाल प्रेस २१ माघ २०८० १३:५०
368
SHARES
नेपाल प्रहरीका पूर्वसई यादव बलात्कार आरोपमा पक्राउ

काठमाडौँ– नेपाल प्रहरीका एक जना पूर्व सई बलात्कार आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीबाट अवकाश लिएसकेका सई अनिरुद्र यादव बलात्कार आरोपमा पक्राउ परेका हुन्। यादवले घरमा आमा नभएको मौका पारेर पुस १७ गते बेलुका ८ बजे बलात्कार गरेको आरोपसहित एक महिलाले जाहेरी दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेको हो।

पीडितले जाहेरीमा उल्लेख गरेअनुसार, आरोपी यादवले कोठा ढक्ढक्याएर पानी मागेको र त्यसपछि भित्र प्रवेश गरेर आफ्नो कोठामा नफर्की बसेका थिए ।

‘डेरा गरी एउटै ठाउँमा बस्ने चिनजानको व्यक्ति भएकाले ढोका खोलेकोमा भित्र छिरेपछि उनी फर्किएर गएनन्। केही समयपछि उनले करकापमा मारेर तेरो आमालाई एसिड छ्यापेर कुरुप बनाइदिन्छु भन्दै धम्की दिएर शरीरमा समाउन थालेका थिए’ पीडितले जाहेरीमा भनेकी छन्।

प्रतिवाद गर्न खोज्दा थप त्रासमा पारेर बल प्रयोग गरेर जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ। त्यसको जानकारी परिवार वा अरु कसैलाई दिए मार्ने धम्की समेत दिएको उनले भनेकी छन्।

ती पीडितका अनुसार यादवले अर्को दिन बन्दुकको गोली देखाएर फेरि पनि बलात्कार गरेका थिए। जाहेरीका आधारमा पक्राउ गरेर सरकारी वकिलको रोहबरमा प्रहरीले बयान लिँदा भने पूर्व सई यादवले इन्कारी बयान दिएका छन्।

प्रहरीले भने अनुसन्धानपछि पीडितको स्वास्थ्य जाँच प्रतिवेदन समेत समावेश गरेर बलात्कार गरेको पुष्टि हुने निष्कर्षसहित रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ। सरकारी वकिलले जिल्ला अदालत, काठमाडौंमा जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गराएको छ

प्रकाशित: २१ माघ २०८० १३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + three =