रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ सुरु हुँदै

हिमाल प्रेस २१ माघ २०८० ८:१३
8
SHARES
रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ सुरु हुँदै रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि थाल्दैछ।

२१ चैतसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ।

सभापति लामिछानेले पार्टी पदाधिकारी र सांसदहरूसहित सिन्धुपाल्चोकको मेलम्चीबाट अभियानको उद्घाटन गर्ने तय भएको छ।

रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको हो । सिन्धुपाल्चोक(काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन्।

दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् । सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ-पुल्चोक-गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् ।

अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीनतीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ ।

विकासको मुद्दा कुनै दल विशेषको नभइ देश र जनताको हुने भएकाको भन्दै रास्वपाले अभियानका क्रममा पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णयसमेत गरेको छ ।

 

प्रकाशित: २१ माघ २०८० ८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =