भोलि देशका धेरै स्थानमा वर्षा र हिमपात हुने

हिमाल प्रेस २० माघ २०८० १९:१३
86
SHARES
भोलि देशका धेरै स्थानमा वर्षा र हिमपात हुने

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले भाेलि आइतबार देशका धेरै स्थानमा मौसम बदली भई वर्षा र हिमपात हुने जनाएको छ। महाशाखाले शनिबार एक बुलेटिन जारी गर्दै वर्षा र हिमपातको सम्भावना रहेको जनाएको हो।

हाल नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली भित्रिएको छ। उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको छ।

भोलि आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थानहरू, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक/दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार साँझबाट क्रमशः मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ। वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमासमेत असर पर्नसक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: २० माघ २०८० १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =