आज केही प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना

हिमाल प्रेस ७ वैशाख २०८१ ६:३१
6
SHARES
आज केही प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ- मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज केही प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।

कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाकै भनाइमा उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

महाशाखाका अनुसार आज बिहान पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा मौसम सफा छ।

महाशाखाले दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ।

प्रकाशित: ७ वैशाख २०८१ ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + ten =