चीनमा अपहरणमा परेका थप चारजना बालबालिकाको उद्धार

हिमाल प्रेस १९ माघ २०८० ९:३२
10
SHARES
चीनमा अपहरणमा परेका थप चारजना बालबालिकाको उद्धार प्रतिनिधिमूलक तस्बिर : पिक्सेल

बेइजिङ- चीनमा अपहरणमा परेका चारजना बालबालिकाको लामो समयपछि उद्धार गरिएको छ। हालै हुबेई र ग्वाङडोङ प्रान्तमा प्रहरीले फेला पारेका अपहरणमा परेका चारजना बालबालिका बिहीबार आफ्ना परिवारसँग पुनर्मिलन भएको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ।

ती बालबालिका सन् २००२ र २००३ को बीचमा हुबेईमा वाङ हाओवेनलगायत संदिग्ध व्यक्तिहरूले अपहरण गरेका ११ बालबालिकामध्ये चारजना हुन्। वाङलाई पहिलोपटक अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो र अहिले दोस्रोपटक मुद्दा चलिरहेको छ।

मन्त्रालयका अधिकारीले जनाएअनुसार चीनमा बालबालिकाको अपहरण वा लुटपाटका मुद्दाहरूको संख्या घटेर वार्षिक १० भन्दा कम भएको छ। रासस/सिन्ह्वा 

प्रकाशित: १९ माघ २०८० ९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =