आईपीएल : लखनऊसँग हार्‍यो मुम्बई

हिमाल प्रेस १९ वैशाख २०८१ ७:४७
6
SHARES
आईपीएल : लखनऊसँग हार्‍यो मुम्बई

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनऊ सुपर जाएन्ट्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको छ।

मुम्बईले दिएको १ सय ४५ रनको लक्ष्य लखनऊले १९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर भेटायो। लखनऊको जितमा मार्कस स्टोइनिसले ४५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६५ रन बनाए। यस्तै कप्तान केएल राहुलले २२ बलमा २८ रन जोडे। दीपक हुड्डाले १८ रन बनाए। निकोलास पुरन १४ रनमा नटआउट रहे।

मुम्बईका लागि हार्दिक पान्ड्याले २ विकेट, नुवान थुसरा, मोहम्मद नबी र जेराल्ड कोट्जीएले समान १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन जोड्यो। मुम्बईका लागि नेहल वाधेराले ४१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४६ रन जोडे । यस्तै टिम डेभिडले १८ बलमा ३६ रन जोडे।

ओपनर ईशन किसनले ३२ रन बनाए। अन्य ब्याटरले उल्लखनिय प्रदर्शन गर्न सकेनन् । कप्तान हार्दिक पान्ड्या शून्यमा आउट भएका थिए भने रोहित शर्माले ४ रन मात्र बनाए।

लखनऊका लागि मोहसिन खानले २ विकेट, मार्कस स्टोइनिस, नभिन उल हक, मयंक यादव र रवि विश्ननोइले समान १ विकेट लिए।

जित पछि लखनऊ १० खेलमा १२ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित मुम्बई ९ खेलमा ६ अंक सहित नवौं स्थानमा छ। यो हारले मुम्बई प्लेअफ पुग्ने सम्भावना कठिन देखिएको छ।

आइपिएलमा आज चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स भिड्ने छन्।​

प्रकाशित: १९ वैशाख २०८१ ७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =