‘हातैले उघाएर’ गीतमा नृत्य गर्दा स्मार्टफोन जित्ने मौका

हिमाल प्रेस १८ माघ २०८० १२:५७
4
SHARES
‘हातैले उघाएर’ गीतमा नृत्य गर्दा स्मार्टफोन जित्ने मौका

काठमाडौँ– आगामी फागुन २५ गते महाशिवरात्रिको दिन हुने फिल्म ‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ।

गत साता सार्वजनिक फिल्मको गीत ‘हातैले उघाएर’को अडियोमा नृत्य गरी भिडियो आफ्नो फेसबुक वा इन्स्टाग्रामको प्रोफाइलमा पोस्ट गर्दा उत्कृष्ट फिचरसहितको ‘युमिडिजी’ स्मार्टफोन प्राप्त गर्ने फिल्मका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए।

निर्माता खतिवडाका अनुसार प्रतिस्पर्धामा सहभागी हुने मध्ये सबैभन्दा धेरै लाइक र भ्युज प्राप्त गर्ने भिडियो बनाउने दुई जनाले सो स्मार्टफोन जित्नेछन्।

 प्रतिस्पर्धी बन्नकाे लागि आफ्नो भिडियो पोस्ट गर्दा आफ्नै सोसल मिडिया प्रोफाइल हुनुपर्ने, पोस्टमा ह्यासट्याग दिई #Rangeli #rangelimovie #rangelifalgun25 लेखी फिल्मकाे फेसबुक वा इन्स्टाग्राम प्रोफाइल मेन्सन गर्नुपर्नेछ।

भिडियो यही माघ २७ गतेसम्ममा पोस्ट गरिसक्नु पर्नेछ। विजेतालाई ‘रङ्गेली’को ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारहरूको हातबाट स्मार्टफोन प्रदान गरिने खतिवडाले बताए।

गीतमा अर्जुन सुवेदीको शब्द रहेको गीत निशान भट्टराई र लिला गजमेरको स्वर छ। हर्कुलस बस्नेतको संगीत भरेका छन्।

अर्जुन सुवेदीले निर्देशन गरेको फिल्म सुवेदीले नै लेखक हुन्। फिल्ममा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको अभिनय छ। फिल्म सुशन प्रजापतिले छायांकन गरेका छन्।

चलचित्रका कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् भने निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन्।

यस्ताे छ गीत

प्रकाशित: १८ माघ २०८० १२:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + one =