‘रङ्गेली’को गीत ‘घामले तारा’

हिमाल प्रेस २० फागुन २०८० ११:४३
6
SHARES
‘रङ्गेली’को गीत ‘घामले तारा’

काठमाडौँ– फिल्म ‘रङ्गेली’को ‘घामले तारा’ बोलको गीत सार्वजनिक भएको छ। निशान भट्टराई र अन्नु चौधरीको स्वरमा ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। हर्क साउदको शब्द रहेको गीतमा सुशान्त गौतमले संगीत भरेका छन्।

सुशन प्रजापतिको छायांकन र शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर अभिनीत छन्।

अर्जुन सुवेदीले लेखन तथा निर्देशनमा बनेको फिल्म फागुन २५ गते प्रदर्शन हुनेछ। फिल्ममा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायत कलाकारको अभिनय छ।

यस्ताे छ गीत

प्रकाशित: २० फागुन २०८० ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =