शिक्षक नियुक्ति तथा पदस्थापनाबारे शिक्षा विकास निर्देशनालयलाई केन्द्रकाे पत्र

हिमाल प्रेस १८ माघ २०८० १०:२६
7.3k
SHARES
शिक्षक नियुक्ति तथा पदस्थापनाबारे शिक्षा विकास निर्देशनालयलाई केन्द्रकाे पत्र

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक योजना तथा विकास महाशाखा, शिक्षक व्यवस्थापन समन्वय शाखा)ले निम्न माध्यमिक तहमा शिक्षक नियुक्ति तथा पदस्थापनाबारे सातवटै शिक्षा विकास निर्देशनालयलाई जानकारी गराइएको जनाएको छ। केन्द्रले मंगलबार पत्राचार गर्दै जानकारी गराइएको जनाएको हो।

केन्द्रले जारी गरेको पत्रमा भनिएका छ,‘शिक्षक सेवा आयोगको व.नं. ४९२ मिति २०८०/१०/१५ को पत्र साथ प्राप्त निम्न माध्यमिक तह तृतीय श्रेणीका सफल उमेदवारहरूको विवरण, मिति २०८०/०७/१३ को माननीय मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत पदस्थापनाको आधार र जिल्लागत रिक्त दरबन्दी विवरण निजहरूको नियुक्ति तथा पदस्थापनाको प्रक्रियाको प्रयोजनार्थ सातवटै प्रदेशका शिक्षा विकास निर्देशनालयहरूलाई पठाइसकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’

अब प्रदेश निर्देशनालयले सिफारिस गरिएका शिक्षकहरूलाई जिल्ला छनोटका लागि आह्वान गर्नेछ। यसरी जिल्ला छनोट गर्दा केन्द्रले उपलब्ध गराएको योग्यताक्रम सूचीलाई आधार बनाउनुपर्नेछ। जिल्ला छनोटपछि समावेशी र मेरिटका आधारमा निर्देशनालयले जिल्ला तोकिदिनेछ। त्यसपछि नियुक्ति लिन सम्बन्धित जिल्लामा जानुपर्नेछ। जिल्ला शिक्षा समन्वय एकाईले दरबन्दी रिक्त रहेको पालिकाको विद्यालयमा नियुक्त गर्नेछ।

शिक्षक सेवा आयोगले गत वैशाख ९ गते खुलाएको विज्ञापनमा दरखास्त आह्वान गरी लिखित र मौखिक परीक्षामा उत्तीर्ण प्रतिस्पर्धीलाई स्थायी शिक्षक नियुक्तिका लागि सिफारिस गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =