‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल भ्रष्टाचारी ठहर, अबको यात्रा जेल

हिमाल प्रेस १९ माघ २०८० २१:२१ | Friday, February 2, 2024
‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल भ्रष्टाचारी ठहर, अबको यात्रा जेल

काठमाडौँ- विशेष अदालतले घुस रकमसहित पक्राउ परेका सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आज (शुक्रबार) नेपाललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो।

अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार इजलासले नेपाललाई एक वर्ष कैद सजाय र ६ लाख जरिबाना हुने फैसला सुनाएको हो।

नेपालसँगै प्रतिवादी बनाइएका बीबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले भने सफाइ पाएका छन्।

बीबी एयरवेजको इजाजतपत्र नवीकरणका लागि नेपालले १६ लाख घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धानको ठहर थियो। बीबी एयरवेजका कार्यकारी अधिकृत श्रेष्ठले भने नेपाललाई घुस नभई सापटी दिएको बयान दिएका थिए।

उपसचिव नेपाल २०७९ साउन १७ गते नागपोखरीस्थित होटल अरण्यको परिसरबाट साढे २२ लाख घुस रकमसहित पक्राउ परेका थिए। पर्यटन मन्त्रालयमा कार्यरत उपसचिव नेपाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरका ‘गोल्ड मेडलिष्ट’ हुन्।

प्रकाशित: १९ माघ २०८० २१:२१ | Friday, February 2, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast