संविधानमाथि आक्रमण हुँदा पूर्वन्यायाधीशहरूले आवाज उठाए : प्रधानमन्त्री

हिमाल प्रेस ११ माघ २०८० १०:२४
6
SHARES
संविधानमाथि आक्रमण हुँदा पूर्वन्यायाधीशहरूले आवाज उठाए : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सवै अंगको दायित्व रहेको बताएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व न्यायाधीश समाजका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले यसप्रति सबैले आ–आफ्नो तहबाट पहल गर्नुपर्ने बताएका हुन्।

पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर शिंहसहितका पूर्वन्यायधीशहरूसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको हारमोनी विगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको भन्दै संविधान र कानुनको पालना गर्न लगाउन पूर्वन्यायाधीशहरूको भूमिकासमेत महत्वपूर्ण रहने बताए।

प्रधानमन्त्रीले पूर्वन्यायाधीशहरूले विगतमा संविधान र कानुनमाथि आक्रमण हुँदा आवाज उठाएको बताउँदै आगामी दिनमा पनि राज्यका विभिन्न अंग र निकायले गर्ने काममा संविधान र कानुनको पालना भए नभएको बारे निरन्तर निगरानी गरिरहनु पर्ने बताए।

प्रकाशित: ११ माघ २०८० १०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =