अयोध्यामा रामको प्राण प्रतिष्ठा आज

हिमाल प्रेस ८ माघ २०८० ६:०१
8
SHARES
अयोध्यामा रामको प्राण प्रतिष्ठा आज भारतको अयोध्यास्थित सडकमा आइतबार हिँडिरहेका साधु। राम मन्दिरमा प्राणप्रतिष्ठा समारोहमा ठूलो संख्यामा साधुसन्तहरू अयोध्या पुगेका छन्। तस्बिर : एएफपी/रासस

काठमाडौँ- भारतको अध्योध्यामा निर्माण गरिएको राम मन्दिरमा सोमबार भगवान् रामको प्राण प्रतिष्ठा हुँदैछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा रामको मूर्तिमा प्राण प्रतिष्ठा गर्न लागिएको बीबीसीले जनाएको छ।

राम जन्मभूमि ट्रस्टका अनुसार कार्यक्रमको सबै तयारी पूरा भएको छ। प्राण प्रतिष्ठा समारोहमा आमन्त्रित व्यक्तिहरू अध्योध्या पुग्ने क्रम जारी छ। समारोहमा प्रमुख सन्त, नेता, फिल्मका कलाकार, खेलाडीहरूलगायत ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थिति हुनेछ।

अयोध्यामा प्राण प्रतिष्ठा कार्यक्रमका लागि सुरक्षा कडा पारिएको छ। १० हजार सीसीटीभी क्यामेरा जडान गरिएको छ भने आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा सुरक्षा गतिविधिको निगरानी गरिएको छ।

यसैगरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बीबीसीले उल्लेख गरेको छ। अयोध्याका प्रहरी निर्देशक प्रशान्तकुमारले भनेका छन्, ‘प्राण प्रतिष्ठा समारोह ऐतिहासिक हुनेछ।’

समारोहमा सहभागी हुनेहरूका लागि महाप्रसाद वितरण गरिने ट्रस्टले जनाएको छ। महाप्रसाद तयारीका लागि पाँच हजार किलोग्राम सामग्रीसहित दुई सय जना परिचालित भएका छन्। कार्यक्रम स्थानीय समयअनुसार मध्याह्न साढे १२ बजे हुनेछ। प्रधानमन्त्री मोदीले विधिपूर्वक प्राणप्रतिष्ठा गरेपछि सर्वसाधारणको दर्शनका लागि राम मन्दिर खुला राखिनेछ।

जनसेना प्रमुख पवन कल्याणले भने, ‘मानिसले लामो समयदेखि प्रतीक्षा गरिरहेको सपना पाँच सय वर्षपछि पूरा हुने भएको छ।’

रामको प्राण प्रतिष्ठालाई सत्तारुढ भाजपाको चुनावी रणनीतिका रूपमा लिइएको छ। भारतका यसै वर्षको अप्रिल-मेमा लोकसभाको निर्वाचन हुँदैछ।

प्रकाशित: ८ माघ २०८० ६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =