परराष्ट्रमन्त्री साउद अयोध्यामा

हिमाल प्रेस १२ फागुन २०८० १९:३८
18
SHARES
परराष्ट्रमन्त्री साउद अयोध्यामा परराष्ट्रमन्त्री एनपी साउद। फाइल तस्बिर।

काठमाडौँ- भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद अयोध्या प्रस्थान गरेका छन्।

‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन बुधबार नयाँदिल्ली पुगेका साउद आज सो संवादमा भाग लिएर दिल्लीबाट विशेष विमानमा अयोध्या पुगेका हुन्।

मन्त्री साउदले शुक्रबार फोरमलाई सम्बोधन गरेका थिए। नयाँदिल्लीमा रहँदा उनले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गरेका थिए।

परराष्ट्रमन्त्री साउदलाई अयोध्यास्थित महर्षि बाल्मीकी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरप्रदेश सरकारका मन्त्रीहरू,अयोध्याका वरिष्ठ प्रहरी र प्रशासनका अधिकारीहरूले भव्य स्वागत गरेका छन्।

अयोध्यामा परराष्ट्रमन्त्री साउदले भगवान् श्रीराम मन्दिरमा दर्शन गरी नेपाली जनताको तर्फबाट पाँच प्रकारको विशेष गहना अर्पण गरेका छन्।

प्रकाशित: १२ फागुन २०८० १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + five =