आहा राराको उद्घाटन खेल आयोजक र थ्रि स्टारबीच हुने

हिमाल प्रेस ६ माघ २०८० ११:१०
16
SHARES
आहा राराको उद्घाटन खेल आयोजक र थ्रि स्टारबीच हुने

पोखरा- आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक र थ्रि स्टारबीच हुने भएको छ।

सहारा क्लब पोखरा आयोजनामा पोखरा रंगशालामा यही माघ ९ देखि सुरु हुने २३ औँ आहा रारा पोखरा गोल्डकपको टाइसिट अनुसार पहिलो दिन आयोजक सहारा क्लबले थ्रि स्टारको सामना गर्ने भएको हो।

दोस्रो दिन माघ १० मा विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र राइजिङ स्टार फुटवल क्लब तथा माघ ११ मा मछिन्द्र र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

माघ १२ मा विभागीय नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुने छन् ।
भारतको दिल्ली फुटबल क्लब नआउने भएपछि पहिलो चरणको अन्तिम खेलमा विभागीय एपीएफलाई स्थान दिइएको आयोजकले जनाएको छ।

साविक विजेता संकटा, भुटानको पारो फुटबल क्लब, मनाङ मर्स्याङ्दी र चर्च ब्वाइज युनाइटेडले सिधैं क्वाटरफाइनल खेल्ने छन्। १२ टिमले भाग लिएको प्रतियोगिताको फाइनल २० गते हुनेछ।

प्रकाशित: ६ माघ २०८० ११:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =