धादिङमा ट्रक दुर्घटना, एक जनाको मृत्यु

हिमाल प्रेस ३ माघ २०८० २०:५७
10
SHARES
धादिङमा ट्रक दुर्घटना, एक जनाको मृत्यु

धादिङ-  धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बा ५ ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका-५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

दाउरा बोकेको ट्रक खनियाबास गाउँपालिका-५ मा दुर्घटना भएको हो। ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको छ।

दुर्घटना परी स्थानीय धनबहादुर तामाङ, मरुमाया तामाङ र शर्मिला तामाङ घाइते भएका छन्। रासस

प्रकाशित: ३ माघ २०८० २०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =