कोशीमा पहिचानको मुद्दा छिटै समाधान हुन्छ : सिटौला

हिमाल प्रेस ३ माघ २०८० १३:३३
8
SHARES
कोशीमा पहिचानको मुद्दा छिटै समाधान हुन्छ : सिटौला तस्बिर : हिमालप्रेस

भोजपुर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पहिचानको मुद्दा समाधान हुने बताएका छन्। लामो समयसम्मको द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएको भन्दै उनले अहिले उठिरहेको पहिचानको मुद्दा पनि चाँडै समाधान हुने उनको भनाइ छ।

यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा आज भोजपुरका जनप्रतिनिधिसँग कुरा गर्दै उनले राष्ट्रियसभाको निर्वाभन पश्चात् यस विषयमा छलफल हुने बताए।

‘यति ठूलो संघर्ष र द्वन्द्व त समाधान भयो। पहिचानको विषयमा समाधान खोज्नका लागि आपसी समझदारी र छलफल आवश्यक छ’, सिटौलाले भने, ‘माघ ११ गतेको निर्वाचनपछि राष्ट्रियसभाले पूर्णता पाउनेछ। पूर्णता पाएसँगै पहिचानको मुद्दामाथि छलफल सुरु भई समाधान निकाल्ने छौँ।’

उनले संविधान र जनताका पक्षमा काम गर्ने दलका नेतालाई राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आग्रह गरे। ‘संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएको गठबन्धनका दललाई मत दिनुस्’, नेता सिटौलाले भने। राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेकोमा उनले जोड दिए। रासस

प्रकाशित: ३ माघ २०८० १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 20 =