राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेतामा सिटौला

हिमाल प्रेस २६ फागुन २०८० १८:५९
22
SHARES
राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेतामा सिटौला

काठमाडौँ- राष्ट्रियसभा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा कृष्णप्रसाद सिटौला मनोनीत भएका छन्। कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार दलको नेता पदमा सिटौलालाई मनोनयन गरेका हुन्।

देउवाका निजी सचिव केशवराज जोशीका अनुसार देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित २०७४) को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई मनोनयन गरिएको हो।

गत माघमा सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सिटौला कोशी प्रदेशको अन्यतर्फबाट निर्वाचित भएका थिए। सिटौलालाई कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =