लुम्बिनी विकास बैंक लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न

हिमाल प्रेस २७ पुष २०८० १६:१६
लुम्बिनी विकास बैंक लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ– लुम्बिनी विकास बैंक लिमिटेडले पुस २६ गते १६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारण सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरि आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावसँगै सेयरधनीहरूले ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयरसहित कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ।

बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराईको अध्यक्षतामा सम्पन्न १६औँ वार्षिक साधारण सभामा आव २०७९/८० को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले जवाफ दिएका थिए।

देशभर शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडका ८९ वटा शाखा कार्यालय छन्। बैंकको एउटा विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ।

प्रकाशित: २७ पुष २०८० १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + three =