नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड २०२४ सम्पन्न

हिमाल प्रेस २६ पुष २०८० १५:१६
नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड २०२४ सम्पन्न

काठमाडौँ– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलपुस २३ गते हायत रिजेन्सी काठमाडौँमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड, २०२४ सम्पन्न गरेको छ। सो अवसरमा सन् २०२३ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ‘एमडीआरटी २०२४’ का लागि योग्य भएका ११६ जना अभिकर्तालाई सम्मानित गरिएको हो।

पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवाल, सञ्चालक विमलप्रसाद ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए। प्रमुख कार्यकारी अधिकृत पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीले वर्ष सकिएको आठ दिनभित्र नै भव्य कार्यक्रम आयोजना गर्न पाउदा मन हर्षित भएको बताए। उनले ‘पराक्रमी गति, आक्रामक नीति’ भन्ने नाराका साथ कम्पनीले मनाइरहेको सार्क वर्ष २०८०/८१ को उद्देश्यलाई शिरोधार्य गर्दै व्यवसाय विस्तारमा दत्त चित्त भइ कार्य सम्पादन गर्न सम्पूर्ण अभिकर्तालाई आग्रह गरे। नेपाल लाइफले बिमा बजारको एक चौथाइभन्दा बढी हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिकबीच बिमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे। बिमकको माग अनुरुप बजार सुहाउँदो बिमा योजना निकट भविष्यमा नै सार्वजनिक गर्न कम्पनीले द्रुत गतिमा तयारी गरिरहेको जानकारी दिए।

पराजुलीले कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता भएको भन्दै उनीहरुकै अथक मिहिनेत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको बताए। अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको कुरासमेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए। कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लागेका सम्पूर्ण अभिकर्ताहरुलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गरे।

वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले अभिकर्ता भनेको प्रगतिको सहयात्री भएको र सोको महत्त्वलाई मनन् गर्दै आम नेपाली नागरिकलाई बिमाको उपयोगिता र औचित्यता प्रकाश पार्न सकिएमा नेपालको बिमा बजारमा प्रचुर सम्भावना रहेको र यसलाई मूर्तता प्रदान गर्न ठोस कार्ययोजनासहित अघि लम्कन आग्रह गरे। सञ्चालक विमलप्रसाद ढकालले यस कम्पनीका बिमा अभिकर्ताहरुले बिमालाई नेपालीको घरदैलोमा पु¥याउन गरेको योगदानका निम्ति धन्यवाद ज्ञापन गरे। उत्कृष्ट व्यवसाय गर्दै सम्मानित भएका सम्पूर्ण बिमा अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनमा थप सफलताको लागि शुभकामना व्यक्त गरे।

प्रकाशित: २६ पुष २०८० १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + three =