ब्रिटिस काउन्सिल नेपालकाे साँस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढीकरणको ६५औँ वार्षिकोत्सव

हिमाल प्रेस २६ पुष २०८० १३:५३
ब्रिटिस काउन्सिल नेपालकाे साँस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढीकरणको ६५औँ वार्षिकोत्सव

काठमाडौँ– ब्रिटिस काउन्सिल नेपालले आफ्नो मुख्य कार्यालय लण्डनमा एक प्रदर्शनीको आयोजना गर्दै सहकार्य, साझेदारी र प्रभावका ६५औँ वर्ष स्मरण गर्दैछ। बेलायत नेपालमैत्री सन्धिको शतवार्षिकी उत्सवमै आएको यो अवसरले दुई मुलुकबीच सदियौँदेखि चलिआएको कूटनैतिक सम्बन्धलाई प्रस्ट पार्दछ।

नेपालका लागि बेलायती राजदूत रब फेनले यस अवसरलाई कोसेढुंगाको संज्ञा दिँदै कृतज्ञता व्यक्त गरे। महामहीम राजदूत रब फेनले भने, ‘बेलायत र नेपालबीचको सम्बन्ध चीरस्थाई रहेको छ। ब्रिटिस काउन्सिल नेपालले हाम्रा दुई मुलुकबीचको साँस्कृतिक तथा शैक्षिक सम्बन्धहरुलाई सुदृढ बनाउन उल्लेख्य भूमिका खेलेको छ।’

त्यसैगरि बेलायतका लागि नेपाली राजदूत महामहीम ज्ञानचन्द्र आचार्यले भने ‘ब्रिटिस काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायतबीचको साँस्कृतिक तथा शैक्षिक आदान प्रदानलाई उजागर गर्दछ। विगतलाई झल्काउँछ र भविष्यमा हुन सक्ने सहकार्यहरुलाई संकेत गर्दछ। दुई शताब्दीभन्दा लामो द्धिपक्षीय सम्बन्धको पृष्ठभूमिमा आयोजित यस प्रदर्शनीले दुई मुलुकहरुबीच रही आएको मित्रता, सहकार्य र सहयोगलाई थप फराकिलो र सुदृढ बनाउन सघाउँदछ।’

बेलायत र नेपालबीच कूटनैतिक सम्वन्धको एक अशंका रुपमा ६५ वर्षअघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय स्थापना गरेको थियो। त्यसयता नेपाल सरकारको शैक्षिक तथा साँस्कृतिक सुधारका पहलहरुमा यो भरपर्दा साझेदारका रुपमा विकास भएको छ। जसका प्रभावहरु लाखौँ जनताहरुबीच पुगेका छन्।

ब्रिटिस काउन्सिल नेपालकी देशीय निर्देशक शाहिदा म्याकडुगले पहिलो ब्रिटिस पुस्तकालयको स्थापनादेखि हालसम्मको यात्राको चर्चा गरिन्। ‘विगतका ६ दशकहरुमा हामीले थुप्रै व्यक्तित्व र संघसंस्थाहरुसँग मिलेर लाखौँबीच पुग्न सकेका छौँ। ब्रिटिस काउन्सिल नेपालले नेपालको शैक्षिक तथा साँस्कृतिक फाँटमा रुपान्तरणकारी प्रभाव छोड्न सफल भएको छ,’ उनले जोड दिइन्।

लण्डन मुख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिस काउन्सिलले शैक्षिक तथा साँस्कृतिक क्षेत्रहरुमा गरेका प्रयासहरु र उल्लेख्य योगदानहरुलाई प्रष्टाएको छ। विगतका ६५ वर्षहरुमा ब्रिटिस काउन्सिल नेपालले साझेदारीहरुलाई अभिवृद्धि गर्दै सहकार्यलाई सहजीकरण गर्दै विभिन्न कार्यक्रममार्फत समुदायमा गतिलो छाप छोड्न सम्भव तुल्याएको छ। प्रदर्शनी लण्डनको रेडम्यान पी एल, इ २० १ जेक्यू, बेलायतमा सर्वसाधारणका लागि १ अप्रिल २०२४ सम्म खुला रहने छ।

प्रकाशित: २६ पुष २०८० १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =