ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा सञ्चालनमा

हिमाल प्रेस २४ पुष २०८० १७:३९
ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले दुईवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यी दुई नयाँ शाखाबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा उपलब्ध भइसकेका छन्।

ग्लोबल आइएमई बैंक ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचकअनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो। बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। ग्लोबल आइएमई बैंकले ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।

प्रकाशित: २४ पुष २०८० १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =