सनराइज क्यापिटल र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरू

हिमाल प्रेस २४ पुष २०८० १५:४४
सनराइज क्यापिटल र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरू

काठमाडौँ– सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको एकीकृत कारोबार सुरू भएको छ। दुई कम्पनी एक आपसमा गाभिइ एलएस क्यापिटलको नाममा मर्चेण्ट बैंकिङ कम्पनीका रूपमा एकीकृत कारोबारको सुरूवात भएको हो।

एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरेको थियो। कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा आयोजना गरिएको समारोहमा

साविक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडका अध्यक्ष अपछकुमार यादवले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका थिए। मर्जरपश्चात राजिव सापकोटाले अध्यक्षको पदभार र विजयलाल श्रेष्ठले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीलाई निरन्तरता दिएका छन्।

प्रकाशित: २४ पुष २०८० १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =