शेखर कोइरालाको संकेत : न्यायोचित टिकट वितरण प्रक्रियालाई प्रभावित गर्न शक्ति लागे

हिमाल प्रेस २३ पुष २०८० १९:५८
18
SHARES
शेखर कोइरालाको संकेत : न्यायोचित टिकट वितरण प्रक्रियालाई प्रभावित गर्न शक्ति लागे

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय सभा सदस्यको टिकट वितरण प्रक्रियालाई प्रभावित गर्ने शक्ति लागेको संकेत गरेका छन्। आज (सोमबार) फेसबुकमा स्टाटस लेख्दै उनले लेखेका छन्, ‘पार्टीको वर्तमान ढाँचा, सोच र निर्णय प्रकियालाई प्रभावित गर्ने शक्ति के कस्ता छन् भनेर साथीहरूले मनन गर्नुभएको र गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’

उनले पार्टीमा अवसरको समान वितरण र सबै पक्षको हित स्थापित होस् भन्नेमा चनाखो रहेको पनि बताएका छन्। ‘राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन प्रक्रिया सहज थिएन। कांग्रेस जस्तो लामो इतिहास भएको संघर्षशील पार्टीमा धेरै निष्ठावान, निःस्वार्थ, योग्य र सक्षम आकांक्षी साथीहरूको सूची लामो थियो। यसर्थ सीमित सिटका कारण पार्टीका साथीहरूलाई न्याय गर्न चाहेर पनि सम्भव भएन,’ उनले लेखेका छन्।

कांग्रेसको तर्फबाट १० जनाले उम्मेदवारी दर्ता गराएको भन्दै सबैलाई जिताउने आफूहरूको काँधमा आएको पनि उनले उल्लेख गरेका छन्। ‘मेरो अभियान पार्टीमा अवसरको न्यायोचित वितरण होस् भन्ने नै हो। यो अभियानमा साथीहरूबाट विगतमा झैँ निरन्तर साथ र सहयोग पाइरहने अपेक्षा समेत गर्दछु,’ उनले लेखेका छन्, ‘न्यायोचित टिकट वितरण गर्न असमर्थ पार्टी निणर्यमा मैले गल्ती-कमजोरी गरेको रहेछु भने म त्यसलाई स्वीकार्दै साथीहरूको सल्लाह र सुझावबाट भविष्यमा अगाडि बढ्ने प्रण गर्दछु।’

प्रकाशित: २३ पुष २०८० १९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + sixteen =