चार दलको सिन्डिकेटले जनतामा निराशा छायाे : राउत

हिमाल प्रेस २३ पुष २०८० १६:२६
14
SHARES
चार दलको सिन्डिकेटले जनतामा निराशा छायाे : राउत डा.सीके राउत।

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा‍‍.सीके राउतले मुलुकमा चार राजनीतिक दलको सिन्डिकेटका कारण जनतामा निराशा छाएको बताएका छन्।

रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले राज्यका हरेक अंगमा कब्जा गर्ने चार दलको सिन्डिकेटका कारण जनतामा निराशा छाएको बताएका हुन्।

दलहरूको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध जनताले निकास खोज्दा गणतन्त्रभन्दा राजतन्त्र नै राम्रो प्रणाली ठीक हो कि? भन्ने नैराश्यपूर्ण धारणा विकास भएको राउतले बताए।

वर्तमान राजनीतिक,सामाजिक र आर्थिक अवस्थाबाट जनता आजित भइसकेको भन्दै उनले यस्तो अवस्थामा जनताले सडकबाट परिवर्तन खोज्नु स्वभाविक भएको बताए।

राउतले मधेशका शोषित, उत्पीडित जनताले न्याय र समान अवसर पाउन सकून भनेर विश्वास गरेकाले उनीहरूको माग र आवाजलाई सत्तामा बसेर सम्बोधन गर्न सकिन्छ भन्ने विचारका साथ आफ्नो पार्टी सत्ता गठबन्धनमा सामेल भएको स्पष्ट पारे।

प्रकाशित: २३ पुष २०८० १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =