कामना सेवा विकास बैंकद्वारा डस्टबिन हस्तान्तरण

हिमाल प्रेस २३ पुष २०८० १२:१२
कामना सेवा विकास बैंकद्वारा डस्टबिन हस्तान्तरण

काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय बिर्तामोड, झापामार्फत हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गर्नुका साथै सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

बिर्तामोडका शाखा प्रमुख मोदनाथ गुरागाईले हिमशिखर टोल विकास संस्थाको अध्यक्ष देवराज प्रसाईको उपस्थितिमा सरसफाइ कार्यक्रम तथा डस्टबिन हस्तान्तरण गरेका हुन्। यससँगै बैंकले आगामी दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यलाई निरन्तरता दिने बताएको छ।

प्रकाशित: २३ पुष २०८० १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + two =