दराजमा भिभोका स्मार्टफोनमा छुट

हिमाल प्रेस २२ पुष २०८० १३:२७
दराजमा भिभोका स्मार्टफोनमा छुट

काठमाडौँ– टेक्नोलोजी ब्रान्ड भिभोले अनलाइन सपिङ प्ल्याटफर्म दराज नेपालसँगको सहकार्यमा विभिन्न स्मार्टफोनमा छुटको योजना ल्याएको छ। ५ जनवरीदेखि सुरू भएको योजना ११ जनवरीसम्म लागू हुनेछ।

यस योजनामा १३ हजार ५९९ मूल्य रहेको भिभो वाई१एस (२+३२ जीबी) ९ हजार ९९९ मा उपलब्ध रहेको छ। त्यस्तै २३ हजार ९९९ मूल्य रहेको भिभो वाई२०एस (४+१२८ जीबी) १४ हजार ९९९ मा खरिद गर्न सकिने छ।

२५ हजार ४९९ को वाई२२एस (६+१२८ जीबी) १७ हजार ९९९ मा उपलब्ध हुनेछ। भी सिरिजकै सबैभन्दा उत्कृष्ट स्मार्टफोन भिभो भी२५ई (८+१२८ जीबी) ३१ हजार ९९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ। यस स्मार्टफोनको मूल्य ३९ हजार ९९९ हो।

त्यसैगरी ५२ हजार ९९९ मूल्य रहेको भिभो भी२५ फाइभजी (८+१२८ जीबी) दराजबाट ४१ हजार ९९९ मा किन्न सकिन्छ। यसका साथै भिभोले ग्राहकहरूलाई अन्य स्मार्टफोन खरिदमा पनि विशेष अफर ल्याएको छ। ग्राहकले १५ हजारभन्दा कम मूल्यको स्मार्टफोन खरिदमा बोतल प्राप्त गर्नेछन्। १५ हजारदेखि २० हजार मूल्यको स्मार्टफान खरिदमा साइडब्याग उपहार प्राप्त हुनेछ।

त्यस्तै २० हजारदेखि ३५ हजारबीचको भिभो स्मार्टफोनको खरिदमा ब्लुटुथ स्पिकर अफरको रूपमा दिइएको छ। ३५ हजारभन्दा माथिका स्मार्टफोनका लागि इमर्सिभ अडियो अनुभव सुनिश्चित गर्ने उत्कृष्ट इयरबड प्राप्त हुने कम्पनीले बताएको छ। दराजले भिभोसँगको सहकार्यमा सबै मोडलहरूमा ५०० देखि १००० का भाउचर उपलब्ध गराएर समग्र स्मार्टफोन खरिदमा अझ आकर्षण थपेको छ।

प्रकाशित: २२ पुष २०८० १३:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + thirteen =