सामसङको ए सिरिजका दुई नयाँ मोडल सार्वजनिक

हिमाल प्रेस २२ पुष २०८० १२:५९
सामसङको ए सिरिजका दुई नयाँ मोडल सार्वजनिक

काठमाडौँ- सामसङले ग्यालेक्सी ए सिरिजका दुई नयाँ मोडल ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५एस सार्वजनिक गरेको छ। ए०५ मा २ प्रकारका मेमोरी ४/६४ जीबी र ६/१२८ जीबी रहनेछन्। ग्यालेक्सी ए०५एस मा ४/१२८ जीबी र ६/१२८ जीबी मेमोरी भेरियन्ट छन्।

ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५एसमा क्रमशः ६.७ इन्च र ६.७२ इन्चको स्क्रिनसहित ५० एमपी प्राइमरी क्यामरा जडान गरिएको छ। दुवै नयाँ स्मार्टफोनले अतिरिक्त स्टोरेज विकल्पसहितको माइक्रो एसडीका साथ १ टीबी बाह्य मेमोरीलाई समर्थन गर्नेछन्।

ग्यालेक्सी ए०५ मा भएको अद्भूत ५० एमपी क्यामेरालाई पछाडिपट्टी २ एमपीको डेप्थ लेन्स र अगाडिपट्टी ८ एमपी क्यामेराले साथ दिएका छन्। ग्यालेक्सी ए०५एसमा म्याक्रो लेन्स र अगाडि १३ एमपी क्यामेराका साथ २ एमपी क्षमताको गहन सेन्सर भएको प्राइमरी कयामेरा छ।

ग्यालेक्सी ए०५एस नयाँ क्वालकोम स्न्यापड्रागन ६८० प्रोसेसरद्वारा सुसज्जित छ। जसले अत्यन्त उत्कृष्ट कार्य सम्पादनका साथ गेमिङ, अवलोकन र साझा गर्ने कार्यलाई निर्वाध तवरले चालु राखिदिन्छ। यी दुवै नयाँ मोडलमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ। यी फोनमा २५ वाटको एडप्टर पनि रहेको छ।

सासमङ ग्यालेक्सी ए०५ कालो, हल्का हरियो र रजत रंगमा उपलब्ध छ। यसको बजार मूल्य ४/६४ जीबीको लागि १४ हजार ९९९ र ६/१२८ जीबीको लागि १८ हजार ९९९ तोकिएको छ।

यसैगरी ग्यालेक्सी ए०५ एस कालो, हल्का हरियो र हल्का बैजनी रंगमा उपलब्ध छ। यसको बजार मूल्य ४/१२८ जीबीको २१ हजार ९९९ र ६/१२८ जीबीको २३ हजार ९९९ तोकिएको छ। दुवै स्मार्टफोन सामसङ स्टोरबाट इन्स्टा फाइनान्स सेवाका साथ खरिद गर्न सकिने छ। जसको किस्ताबन्दीको ब्याजद लाग्ने छैन।

प्रकाशित: २२ पुष २०८० १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =