सर्लाहीको बरहथवा क्षेत्र तनावग्रस्त, प्रशासनले लगायो कर्फ्यु

हिमाल प्रेस २० पुष २०८० १८:०७
32
SHARES
सर्लाहीको बरहथवा क्षेत्र तनावग्रस्त, प्रशासनले लगायो कर्फ्यु

काठमाडौँ- सर्लाहीको बरहथवामा जिल्ला प्रशासनले कर्फ्यु लगाइएकोछ। ‍आज शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर भएको विवादले उग्ररुप लिएपछि प्रशासनले कर्फ्यु लगाएको हो।

अस्पतालको विषयलाई लिएर स्थानीयहरू सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहारमा उत्रिएपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर घाइते भएका बरहथवा-६ का जयशंकर साहको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको टाउकोमा गोली लागेको थियो।

विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम रोक्न कर्फ्यु लगाउनुपरेको प्रशासनले जनाएको छ।

प्रशासनले बरहथवा नगरक्षेत्र (उत्तर सोती/चोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सीमा क्षेत्रभित्र आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न र उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी कर्फ्यु लगाइएकव जनाएको छ।

प्रशासनले शुक्रबार साँझ ५:३० बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यु जारी गरेको हो। आदेश उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारबाही गर्न सक्ने प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले चेतावनी दिएका छन्।

सर्लाहीमा झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

प्रकाशित: २० पुष २०८० १८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =