एनआईसी एशिया बैंकद्वारा विद्यालयमा पुस्तकालय भवन निर्माण

हिमाल प्रेस २० पुष २०८० १३:१८
एनआईसी एशिया बैंकद्वारा विद्यालयमा पुस्तकालय भवन निर्माण

काठमाडौँ– एनआईसी एशिया बैंकले कैलालीको जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय वडहरियामा पुस्तकालय भवन निर्माण गरेको छ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशभर विभिन्न विद्यालय छनोट गरि पुस्तकालय भवन निर्माण गर्न थालेको छ। बैंकले विद्यालय र गाउँपालिका कार्यालयसँगको सहकार्यमा उक्त पुस्तकालय भवन निर्माण सम्पन्न गरेको हो। नवनिर्मित पुस्तकालय भवनबाट विद्यालयमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष लाभान्वित हुनेछन्।

पुस्तकालय भवन जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी, विद्यालयका प्रधानाध्यापक देवेन्द्रप्रसाद शाह, बैंकका प्रादेशिक प्रमुख सुवास जोशी तथा जोशीपुर शाखा प्रबन्धक उजिरसिंह भण्डारीलगायत स्थानीय तह एवं विद्यालयका पदाधिकारीहरूको उपस्थितिमा उद्घाटन भयो। यस भवन निर्माण पश्चात् विद्यालयमा व्यवस्थित पुस्तकालय स्थापना गरि त्यहाँबाट विद्यार्थीहरूलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीमा सहज पहुँच भइ विद्यार्थीहरुको शैक्षिक प्रदर्शन एवं व्यक्तित्व विकासमा ठोस टेवा पुग्ने बैंकले विश्वास लिएको छ।

प्रकाशित: २० पुष २०८० १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =